काठमाडौँ, १८ पुस
जापानको इशिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।
बुधबार सरकारी अधिकारीले ६२ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अधिकारीहरुले भूकम्पपछि पहिरो र भारी वर्षाको चेतावनी दिएका छन् ।
नोटो क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि सुनामी समेत आएको थियो ।
भूकम्पले आगलागी हुँदा र घर तथा सडक भत्किएर ठूलो भौतिक क्षति भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार