१७ पुस, टोकियो-
जापानको इशिखावा प्रिफेक्चरमा सोमबार साँझ गएको ७.६ म्याग्निच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार इशिखावा प्रिफेक्चरको सुजु शहरमा २० जना, वाजिमा शहरमा १९ जना, नानाओ शहरमा ५ जना, अनामिजु शहरमा २ जना, हाकुई शहर र शिगा शहरमा १⁄१ जना गरी ४८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पका कारण हिजोदेखि बन्द भएका द्रूत गतिका रेल सेवा भने आजबाट सञ्चालनमा आएका छन् । इशिखावा प्रिफेक्चरमा आज विहान पनि ५.६ म्याङ्गेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार र उपचार भइरहेकाले घाइतेको संख्या एकिन भएको छैन ।