काठमाडाैं, पुस १७
रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ घर भएका हरि अर्यालको मृत्यु भएको उक्त वडाका वडाध्यक्ष राजु कुँवरले पुष्टि गरे ।
मृत्युको खबर परराष्ट्र मन्त्रालयमार्फत मंगलवार प्राप्त भएको वडाध्यक्ष कुँवरले जनाएका छन् ।
नेपाली सेनाको जागिर छाडेका अर्याल करिब २ महिनाअघि दुबई हुँदै रुस पुगेका थिए ।
पछिल्लो समय दलालमार्फत रुस पुगेर त्यहाँको सेनामा भर्ती हुने क्रम बढेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार