चितवन, १७ पुस
चितवन हिमाल डेन्टल प्रा.लीको सेवाको २० औं बार्षिकोत्सवको अवसरमा आयोजित १५ दिने निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।
सो शिविरमा एक हजार चारसय जनाले सेवा लिएका छन । चितवन हिमाल डेन्टलले पुष १ गतेदेखि पुष १५ गतेसम्म निःशुल्क दन्त परिक्षण शिविर आयोजना गरेको थियो ।

परिक्षण लिन आउने मध्ये अधिकांशको दांँत किराले खाएको, दांँत भर्नुपर्ने समस्या र गिजाको समस्या रहेको डेन्टलका सञ्चालक जयराम जोशीले जानकारी दिए । शिविरमा उल्लेखनीय सहभागिता रहेकोले आगामी दिनहरुमा पनि यस्तै निःशुल्क शिविरलाई निरन्तरता दिईने जोशीले बताए ।

बार्षिकोत्सवको अवसरमा डेन्टलले रोगको परीक्षण निःशुल्क र उपचारमा ३० प्रतिशत छुट सुविधासमेत दिएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







