Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर २२, २०८२
☰
Logo सोमबार, मंसिर २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ७. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

तनहुँका दुई सय ८८ मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री, गणनास्थलमा घेराबार हुँदै

तनहुँ, २८ वैशाख-

तनहुँका दुई सय ८८ मतदान केन्द्रमा निर्वाचन सामग्री सहितका कर्मचारी पुगेका छन् । अब नौ मतदान केन्द्रमा निर्वाचन सामग्री लैजान बाँकी छ ।

व्यास नगरपालिकाका नौ मतदानस्थलमा सामग्री लैजान बाँकी रहेको मुख्य निर्वाचन अधिकृत हरिषचनन्द्र ढुंगानाले बताए । ती केन्द्रमा पनि आज दिउँसोसम्म निर्वाचन सामग्री पुर्‍याइने उनले बताए । ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नजिकै रहेका मतदान केन्द्रमा सामग्री लैजान बाँकी हो । आजसम्म सबै केन्द्रमा पुग्छन्’, उनले भने ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ६१ प्रकारका सामग्री मतदान केन्द्रलाई वितरण गरिएको छ । मतपेटिका, मतपत्र, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायतका निर्वाचन सामग्री मतदान केन्द्रहरूमा लगिएको हो ।

जिल्लाको घिरिङ गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहमा मतगणनास्थलको समेत टुंगो लागेको छ । ‘घिरिङमा सहमति जुट्न सकेको छैन । आज सर्वदलीय बैठक बसेर टुंगो लगाउँछ’, उनले भने, ‘मतगणनास्थल टुंगो लागेको स्थानीय तहमा घेराबार र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।’ मतगणस्थलमा ग्याबिन जाली, बाँसको घेराबार गरेर भित्रपट्टि मतगणक बस्ने प्रबन्ध मिलाइएको छ । घेराबार बाहिर उम्मेदवारका प्रतिनिधि बस्नेछन् । गणक प्रवेशद्वारमा सुरक्षाकर्मीले पहरा दिनेछन् ।

यस्तै जिल्लामा एक हजार चार सय ८३ जना कर्मचारी मतदान केन्द्रमा खटाइएको छ । मुख्य निर्वाचन अधिकृत ढुंगानाका अनुसार हाल ८५ वडाको दुई सय ९७ मतदान केन्द्रमा दुई सय ९७ मतदान अधिकृत, दुई सय ९७ मतदान सहायक अधिकृत, पाँच सय ९२ जना सहायक र दुई सय ९७ सहयोगी खटिएका छन् । जिल्लाको १० स्थानीय तहको ८५ वडामा कुल दुई हजार तीन सय ७४ जनशक्ति खटिनेछन् । जसमध्ये आठ सय ९१ जना स्वयंसेवक हुनेछन् ।

३० वैशाखमा हुने निर्वाचनमा जिल्लाका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले एक सय ३६ मतदानस्थलका दुई सय ९७ मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘ती मतदानस्थलमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको पनि निगरानी हुनेछ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने । निर्वाचनको बेला कुनै पनि अप्रिय घटना हुन नदिनलाई निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिका छुट्टाछुट्टै तीन चरणको सुरक्षा योजना बनाएको अर्यालले बताए ।

सुरक्षाका हिसाबले ढुक्क भएर मतदानमा सहभागी हुन जिल्लाबासीलाई उनको अनुरोध छ । ‘मतदाताहरू निर्भयपूर्वक मतदान केन्द्रमा जाने वातावरण मिलाएका छौँ । निर्भयपूर्वक मतदान गरेर आफ्नो मताधिकार प्रयोग गर्न सक्नुहुन्छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाल प्रहरी ६ सय पाँच, म्यादी प्रहरी एक हजार ५५, तीन सय २४ सशस्त्र प्रहरी र चार सय २५ जना नेपाल प्रहरीबाट निर्वाचन सुरक्षाका लागि खटिएका छन् ।

शुक्रबार हुने निर्वाचनमा जिल्लामा चार सय ४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । एक हजार ६ सय ३५ जना चुनावी मैदानमा छन् । देवघाट गाउँपालिकामा एकजना वडा सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् ।-न्युज कारखाना

Chitwan Aaja चितवन आज
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

ताजा समाचार

सबै

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

कर्णालीले जनकपुरलाई ३ रनले हरायो

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

सिंहदरबार अवलोकन गर्न जाँदै पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग पनि भेट्दै

मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

२५ हजार शुल्क सहित रास्वपाले प्रतिनिधिसभा उम्मेदवारका लागि खुलायो आवेदन

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech