भरतपुर, ३ पौष
चितवनको भरतपुर महानगरपालिका-१ आँपटारीबाट ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान उनीहरु दुबैजनालाई पक्राउ गरेको हो । जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा लुकाएको २८ पोका गाँजासहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।