• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, मंसिर १५, २०८०
☰
शुक्रबार, मंसिर १५, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

    पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

    चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

    विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै चितवनको खैरहनी नगरपालिका

    चितवनको गुरुकुल माविका ५ विद्यार्थी नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल (सूचिसहित)

    पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

    ‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

    सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

    स्टार्स मन्टेश्वरी एकेडेमीले गर्‍यो दशैँको शुभकामना आदानप्रदान

    लोकप्रिय समाचार

    • १. चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

    • २. चितवनमा दुई वटा गैंडालाई धरापमा पारेर मार्ने ८ जना पक्राउ (भिडियोसहित)

    • ३. विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गर्ने युवती पक्राउ

    • ४. पत्रकार सौम्याको हत्यामा संलग्न चार जनालाई आजीवन कारावास

    • ५. भरतपुरमा बोराभित्र मृत भेटिएका दुईजनाको अझै खुल्न सकेन पहिचान

    • ६. सामान्य बिवाद हुँदा श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमान‍्को मृत्यु

    • ७. ग्यास्ट्रिकबाट छुटकारा पाउन बिरेनुन कति उपयोगी ?

    • ८. सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    • ९. कालिकाको पृथ्वी माविमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा अनिस बुढाथोकी

    • १०. अनलाइनबाट सामान किन्दा सचेत हुन नेपाल प्रहरीको आग्रह

    २० हजारको अनुमान, तर पाँच हजारभन्दा कमले निर्वाचनको पर्यवेक्षण गर्दै

    काठमाडौं, २७ वैशाख-

    स्थानीय तह निर्वाचनका लागि देशभरबाट करिब पाँच हजार पर्यवेक्षकले पर्यवेक्षण गर्नेछन् । विगतका निर्वाचनको तुलनामा यो पटकको निर्वाचन पर्यवेक्षको संख्या निकै कम हो ।

    २०६४ सालमा भएको निर्वाचनमा ६० हजारको हाराहारीमा पर्यवेक्षक परिचालन भएका थिए । त्यो बेला करिब १५० वटा संस्थाहरूमार्फत निर्वाचन पर्यवेक्षक परिचालन भएका थिए । तर, अहिले भने जम्मा ६७ वटा संस्थाले निर्वाचन पर्यवेक्षणकोम लागि निर्वाचन आयोगबाट अनुमति पाएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ६८ वटा संस्थाबाट करिब पाँच हजार जना पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपाल (जिओक)मार्फत पाँच सयको हाराहारीमा निर्वाचन पर्यवेक्षक परिचालन भएका छन् ।

    विगतको निर्वाचनमा जिओकले झण्डै १० हजार निर्वाचन पर्यवेक्षक परिचालन गरेको थियो । तर, अहिले एकदमै न्यून संख्यामा पर्यवेक्षक परिचालन भएको जिओकका सदस्य सचिव कृष्णमान प्रधानले बताए ।

    जिओकलाई निर्वाचन पर्यवेक्षणका लागि एसिया फाउण्डेशनले करिब ५० लाख रूपैयाँ सहयोग गरेको छ । स्थानीय तह निर्वाचनमा सहयोग गर्नका लागि दातृ निकायले छुट्टै फण्डिङको व्यवस्था नगरेको सदस्य सचिव प्रधानले बताए ।

    ‘एसिया फाउण्डेशन र ल सोसाइटीको नियमित कार्यक्रम स्थानीय तह सवलिकरण कार्यक्रमअन्तर्गतको एउटा कम्पोनेन्ट थपेर यो कार्यक्रम सञ्चालन गरेका छौं । यो कार्यक्रमको लागि करिब ५० लाख रूपैयाँ पाएका छौं,’ प्रधानले भने ।

    जिओकले बजेटको अभावमा स्थानीय पर्यवेक्षकलाई चार हजार र राष्ट्रिय पर्यवेक्षकलाई १५ हजार पारिश्रमिक दिएको छ । ‘स्थानीय पर्यवेक्षकलाई चार हजार दिन्छौं । त्यसमा उहाँहरूले १० दिन काम गर्नुपर्ने हुन्छ,’ प्रधानले भने, ‘जिल्ला र राष्ट्रिय पर्यवेक्षकको हकमा एक महिना काम गर्नुहुन्छ । एक महिना काम गरेको १५ हजार दिएका छौं ।’

    निर्वाचन आयोगले यो पटकको निर्वाचनमा २० हजारको हाराहारीमा पर्यवेक्षकको अनुमान गरेको थियो । तर, स्रोतको व्यवस्थापन गर्न नसक्दा न्यून संख्यामा पर्यवेक्षणका लागि आवेदन परेको थियो ।

    पर्यवेक्षकको संख्या थोरै हुनुको दुईवटा कारण छन् । एउटा, स्रोतको व्यवस्थापन नहुनु । अर्को, निर्वाचन आयोगको तीन दिने अल्टिमेटम ।

    सदस्य सचिव प्रधानका अनुसार तीन दिनभित्रमा योग्य पर्यवेक्षक खोज्न गाह्रो भयो । ‘थोरै संख्यामा पर्यवेक्षक हुनुमा एउटा छोटो समय हो । अर्को स्थानीय तह निर्वाचनमा दातृ निकायले लगानी नगर्नु । त्यस्तै निर्वाचन आयोगले यसमा लगानी गर्न नमिल्ने । संस्थाले आफूले पैसा हाल्न नसक्ने,’ प्रधानले भने ।

    झण्डै २३ हजार मतदान केन्द्रको करिब पाँच हजार पर्यवेक्षकबाट पर्यवेक्षण गरिने आयोगको प्रवक्ता पौडेलले बताए । पर्यवेक्षकहरूलाई आवेदन दिनको लागि समय कम भएको प्रवक्ता पौडेलले स्वीकार गरे ।

    ‘कानुनबमोजिम हामीलाई १२० दिन प्राप्त हुनुपर्ने हो । तर, अहिलेको विशेष परिस्थितिमा हामीले ९५ दिनमा काम सक्नुपर्नेछ । यसरी सबै क्रियाकलापको समय मिलाउँदा पर्यवेक्षकहरू पेस गर्ने समय तीन दिनको मात्र समय पुगेको हो,’ प्रवक्ता पौडेलले भने ।

    मितव्ययी निर्वाचनको क्रममा पर्यवेक्षकहरूलाई निर्वाचन आयोगले केही पनि सेवा सुविधा नदिएको उनको भनाइ छ ।- न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार
      कालिकाको भिमोदय माविमा अनेरास्ववियुको कमिटी गठन: अध्यक्षमा अमित जि गुप्ता
      मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

      ताजा समाचार

      सबै

      सुपर लिगमा चितवनको पहिलो जित

      चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार

      कालिकाको भिमोदय माविमा अनेरास्ववियुको कमिटी गठन: अध्यक्षमा अमित जि गुप्ता

      मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

      टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश

      जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

      टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्ने उच्च अदालतको आदेश

      राजतन्त्र फर्कन सक्दैन : अध्यक्ष ओली

      सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटीको शाखा चितवनमा, गर्यो लगानीकर्तासँग अन्तरक्रिया

      तीन दिनदेखि अवरुद्ध मनमोहन गान्धी मार्ग सञ्चालन

      झापामा हात्तीले कुल्चेर वनका चौकीदारको मृत्यु

      गौतमबुद्ध क्रिकेट रंगशालामा चहलपहल : नमुना मैदानमा प्रदेश स्तरीय महिला क्रिकेट सुरु

      एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक

      रसुवामा छोराको कुटपिटबाट ६५ बर्षिय बुबाको मृत्यु

      कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने

      नौ हजार भूकम्पपीडितले पाए रु २२ करोड

      हेर्नु भयो ?

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      एकै समय पारेर चितवनमा तीन वटा महोत्सव हुँदै

      चितवनकी सञ्चारकर्मी रिना आमालाई दागबत्ती दिएर किरिया बस्दै ,गलत मान्यता बदल्दै छोरी

      मुग्लिन–नागढुङ्गा सडकको फेसबुक पेजको स्टोरीमा अश्लिल फोटो भेटिएपछि…

      चितवनको रत्ननगरमा साइकलबाट लडेर एक पुरुषको घटनास्थलमै मृत्यु

      आजदेखि १४औँ चितवन महोत्सव सुरु हुँदै

      पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

      चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले मोटरसाइकल यात्रीलाई आक्रमण गरेपछि…

      नवलपरासीमा विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

      एनपिआई कलेज चितवनमा खुल्यो भर्ना

      चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक

      सोमबार राष्ट्रिय झन्डा आधा झुकाउनू : गृहमन्त्रालय

      मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द

      तोरीमय चितवन : १४ हजार हेक्टरमा तोरी खेती (फोटोफिचर)

      विशेष

      सबै
      • १.
        काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

      • २.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • ३.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ४.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ५.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ६.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ७.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ८.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ९.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • १०.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • ११.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • १२.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      साताको चर्चित

      • १.
        चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

      • २.
        चितवनमा दुई वटा गैंडालाई धरापमा पारेर मार्ने ८ जना पक्राउ (भिडियोसहित)

      • ३.
        विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गर्ने युवती पक्राउ

      • ४.
        पत्रकार सौम्याको हत्यामा संलग्न चार जनालाई आजीवन कारावास

      • ५.
        भरतपुरमा बोराभित्र मृत भेटिएका दुईजनाको अझै खुल्न सकेन पहिचान

      • ६.
        सामान्य बिवाद हुँदा श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमान‍्को मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.