चितवन, १ पुस
चितवन हिमाल डेन्टलले चितवनमा निःशुल्क दाँत परीक्षण शिविर गर्ने भएको छ । २१ औँ वार्षिकोत्सवको अवसरमा हिमाल डेन्टलले पुस १ गतेदेखि १५ गतेसम्म दाँत परीक्षण शिविर संचालन गर्ने भएको हो ।
दाँतका समस्या भएका बिरामीहरुले शहिदचोक नारायणगढ र चितवन मेडिकल कलेज अगाडि रहेको शाखाबाट सेवा लिन सकिने हिमाल डेन्टलका सञ्चालक जयराम जोशीले बताए ।
जोशीका अनुसार दन्त शिविरमा निःशुल्क दाँतको परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टीकहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्नुका साथै झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने र दुखेको दाँतको जराबाटै उपचार (आरसीटी) गरिने छ ।
यस समयमा दाँत, मुख र गिजासम्बन्धीको उपचार ३० प्रतिशत छुट दिने हिमाल डेन्टलले जनाएको छ।






