चितवन, १ पुस
चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० हुने भएको छ।
बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता संचालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिनुभयो।
प्रतियोगितामा माडीका ४ टिम सहित कुल ८ टिमको सहभागिता रहने छ।
प्रतियोगितामा विजेता हुने टिमलाई नगद रु १ लाख र उपविजेता हुने टिमलाई नगद रु ५० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रतियगिता सम्पन्न गर्न रु सात लाख पचास हजार लाग्ने आयोजकले अनुमान गरेको छ।क्लबले लामो समय देखि माडी क्षेत्रमा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार