चितवन । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (ईक्यान) चितवनको नयाँ नेतृत्व चयनका लागि २ समूहविच प्रतिष्पर्धा हुने भएको छ । भरतपुरमा शुक्रबार हुने १२ औ साधारण सभा तथा सातौ अधिवेशन मार्फत नेतृत्वमा आउनको लागि दिपकचन्द्र भट्टराई र कृष्ण कंडेलको समूहविच प्रतिष्पर्धा हुने भएको हो ।
निप्पन एजुकेशनका प्रबन्ध निर्देशक भट्टराई र एम्स एजुकेशनका कंडेलले २ समूह बनाएरै आन्तरिक प्रचार तथा भेटघाटलाई तिव्र पारेका छन् । दिपकचन्द्र भट्टराई नेतृत्वको समूहले उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा ठाकुर रेग्मी, कोषाध्यक्षमा सागर श्रेष्ठ र सदस्यहरुमा उज्वल आचार्य, शिवराज पौडेल, मेघराज कंडेल र शुसील परियारलाई अघि सारेको छ ।
कृष्ण कंडेल समूहबाट उपाध्यक्षमा केशवराज सेढाई, सचिवमा सुजन थापा कोषाध्यक्षमा लक्ष्मण कंडेल र सदस्यहरुमा डा. टंक ओझा, सन्तोष लोहनी, सम्भु पन्त लाई अघि सारेको छ । कंडेल समूहले एकजना सदस्यको ठाउ खालि राखेको छ । चितवनमा करिव २०० कन्सलटेन्सीहरु रहेपनि ई क्यान चितवनमा ५९ जना शैक्षिक परामर्श व्यवसायीहरु आवद्ध रहेका छन् । सातौ अधिवेशनको ई क्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले भरतपुरको ग्यालेक्सी रिसोर्टमा उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।