काठमाडौँ, २२ मङ्सिर
युक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रूपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको हो ।
उनी ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भए ।
१६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको छ ।