काठमाडौँ, २२ मङ्सिर
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतो रहेका छन्।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार महतोलाई पक्राउ गरेको हो। महतोमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ ।