नवलपरासी, १७ मङ्सिर
आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।
६० वर्षीय होमबहादुर दराईको हत्या गरेको अभियोगमा मध्यविन्दु नगरपालिका-१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।
रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाइते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।