काठमाडौं, १७ मङ्सिर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।
प्रधानमन्त्री आज साँझ नेपाल आइपुग्ने सचिवालयले जानकारी दिएको छ ।
शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताएका थिए ।