काठमाडाैं, मंसिर १६-
बंगलादेशमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । शनिबार बिहान ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था रोयटर्स जनाएको छ ।
समाचारमा जनाइएअनुसार भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा थियो । भूकम्पको धक्का भारतसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
तत्काल कुनै क्षतिको विवरण प्राप्त नभएको बंगलादेशका सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु कुमिल्ला जिल्ला रहेको समाचारमा उल्लेख छ ।