चितवन, मंसिर १५ –
सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटीको दोश्रो शाखा चितवनको भरतपुरमा खुलेको छ । भरतपुर १० मा एलाइभ हस्पिटल नजिकै उक्त कम्पनीको शाखा खुलेको हो ।
सो कम्पनीले भरतपुरमा शाखा खोलेपछि यहाँका सेयर लगानीकर्तासँग आज अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सञ्चालक मेघनाध उपाध्यायका अनुसार विगत ३० वर्षदेखि सेयर किनबेच गर्दै आइरहेको प्राइमो सेक्युरिटी प्रालिको मुख्य कार्यालय काठमाडौंमा रहेको छ, भने पहिलो शाखा विरगञ्जमा छ । नेपालमा हाल रहेका ७७ वटा ब्रोकर कम्पनीहरुमध्येको क्रमसंख्या अनुसार १६ औं नम्बरको लिस्टमा छ प्राइमो सेक्युरिटी प्रालि ।