भरतपुर, १४ मङ्सिर
अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान अन्तर्गत पृथ्वी माविमा अनेरास्ववियुको कमिटी गठन भएको छ । कालिका नगरपालिका ७ स्थित पृथ्वी माविमा विद्यार्थीहरूको भेलाबाट अनिस बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ।
संगठनका जिल्ला सह-सचिव विज्ञान अधिकारीको प्रमुख आतिथ्यतामा तथा कालिका नगर कमिटि सदस्य अनिस दुलालको अध्यक्षतामा कमिटि गठन भएको हो । उक्त कमिटीको उपाध्यक्षमा संजय श्रेष्ठ, सचिवमा किनारा पुरी, सह-सचिवमा आकाश नेपाल, मनिषा कुमाल, सृष्टि रानामगर, कोषाध्यक्षमा समिर दनै र सदस्यहरुमा सन्ध्या सुबेदी, मनिस थापा क्षेत्री, लक्ष्मण खतिवडा, साजन सिङ्गतान, करुणा कुमाल, कमला बिक, राम घलान, सोनिया वाइबा, रोशनी गजमेर, अस्मि रसाईली, मेकिसा परियार, एन्जिला कुमाल, अनिसा सुनार, कबिता गुरुङ्ग रहेका छन् ।
कार्यक्रममा जिल्ला सह-सचिव विज्ञान अधिकारी, जिल्ला सदस्य सुस्मिता चपाई, भरतपुर महानगर कमिटिका सदस्यहरु बिना अधिकारी, अमृत अधिकारी, राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटिका सह-सचिव आकाश पाख्रीन, कालिका नगर कमिटि सदस्यहरु अनिस दुलाल,असेश आचार्य, अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटिका सदस्यहरु आकाश सापकोटा, अभिषेक भट्टराई, कृष्ण न्यौपाने लयायतको उपस्थिति रहेको थियो ।
नवगठित कमिटीलाई जिल्ला सह-सचिव विज्ञान अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।