काठमाडौँ, १३ मङ्सिर
रुस-युक्रेन युद्धमा परी रुसी सेनामा भर्ना भएका तीन जना नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान रहेका छन् । दूतावासका अनुसार १५ नोभेम्बर २०२३ (कात्तिक २९ गते) भाईटिकाको दिन उनीहरुको मृत्यु भएको हो ।
गत असारमा गोरखाका सन्दीप थपलियाको समेत मृत्यु भएको थियो । थपलिया असार २९ गते युक्रेनको बाखमुतमा युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए ।
तीनै जनाको डेथबडी नेपाल ल्याउन दूतावासले समन्वय गरिरहेको छ।