चितवन, ११ मङ्सिर
पूर्वी चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। लोथर खोलाको किनारमा घाँस काट्न गएका राप्ती नगरपालिका वडा नं १ दुविचौरका ४३ बर्षिय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
श्रीमति सहित गाउँलेहरुसँग घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो । पौडेलसँग गएकी उनकी श्रीमति र गाउँलेहरुले भने भागेर ज्यान जोगाएका छन् ।
राप्ती नगरपालिका खण्डमा बाघले आक्रमण गरेको भएपनि पौडेललाई निकुञ्ज भन्दा बाहिर मनहरी क्षेत्रको काँसघारीमा लगेर बाघले मारेको प्रहरीले जनाएको छ।
उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली खटिएको थियो ।
आइतबार राति पौने ९ बजे बाघलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार