एरिजोना । अमेरिकामा सन् २०२० मा अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु प्रकरणमा जेल सजाय काटिरहेका पूर्व प्रहरी अधिकारी डेरेक चाउभिन एरिजोनाको जेलमा चक्कु प्रहारबाट घाइते भएका छन् ।
अमेरिकी मिडियाका अनुसार यस हमलामा चाउभिनको अवस्था गम्भीर रहेको छ । कारागार ब्यूरोको विज्ञप्ति अनुसार चाउभिनलाई स्थानीय समय अनुसार शुक्रबार बिहान १२ः३० बजे टक्सनस्थित संघीय कारागारमा एक कैदीले आक्रमण गरेको थियो । यद्यपि आक्रमण गर्ने कैदीको नाम भने खुलाइएको छैन ।
एक अमेरिकी अदालतले सन् २०२० मा अफ्रिकी-अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युको मामिलामा पूर्व पुलिस अफिसर डेरेक चाउभिनलाई हत्याको दोषी ठहराएको थियो। यसका लागि उनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो ।