चितवन । आजदेखि नारायणी नदी किनारमा चितवन नारायणी महोत्सव सुरु भएको छ ।
रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा सुरु भएको महोत्सव आज जिल्ला समन्य समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।
महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहेको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । महोत्सवमा दैनिक ५ जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले जानकारी दिए ।
उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
भोलि महोत्सवमा मोटिभेशनल स्पिकर तथा लोक गायक रमेश प्रसाईं र लोक गायिका कल्पना दाहाल आउने कार्यक्रम रहेको संस्थापक अध्यक्ष मनोज घिमिरेले जानकारी दिए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेकपा एमाले चितवनका उपसचिव प्रकाश ढुंगाना, नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति कृष्ण प्रसाद भूषाल लगायतको उपस्थिती रहेको थियो ।