सुर्खेत,२६ वैशाख-
दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालकाे गाडीमा आगजनी भएको छ ।
बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।
गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने
चालक गाडीभित्रै सुतिरहेको थिए ।
बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए,’ उनले भने,‘ त्यस कारण खासै क्षति भने हुन सकेन ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार