Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक ३०, २०८२
☰
Logo आइतबार, कार्तिक ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ३. हेर्नुस तपाइँको आजको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

  • ६. आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ७. भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८. एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई, क्यानविरुद्ध अख्तियारमा निवेदन

  • ९. लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे

  • १०. किन दिए सन्तोष परियारले राजीनामा ? यस्तो छ राजीनामा पत्र

निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो : आयोग कारबाही गर्नै डराउँछ

विशाल बस्नेत

महोत्तरी, २५ वैशाख

बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन आयुक्त दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे ।

तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेहरूले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्यान्डसहितको समूहले सहर, गाउँमा अशान्त बनाउँदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्न तेर्सिएको छ ।

उम्मेदवारहरूले खुलेआम भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् । आचारसंहिताको न्यूनतम पालनासमेत गरिएको देखिएको छैन ।

उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीति दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थकहरू मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, बालबालिका अध्ययन गर्ने शिक्षालयहरूलाई समेत केन्द्रित गरिएको भेटिन्छ ।

निर्वाचन आयोगले ब्यानर राख्नसमेत मापदण्ड बनाएको छ । तर, ब्यानरको न साइजमा ध्यान दिएको छ नत मापदण्डमा नै । खुलेआम सहर, टोल र वस्तिहरूमा पाटीका कार्यकर्ताले मापदण्डलाई किन खिल्ली उडाइरहेका छन् भन्ने विषय निर्वाचन आयोगका लागि नै पेचिलो बन्दै गएको छ ।

प्रमुख आयुक्त खरेलका अनुसार आचारसंहिता उल्लंघन गरिरहेका दलहरूमाथि निगरानी भइरहेको छ । ‘हामीले झण्डा तथा प्रचार सामाग्री सुरक्षाकर्मी लगाएर हटाइसकेका छौं । फेरि दोहोर्‍याएमा कारबाही प्रक्रिया अगाडी बढाउँछौं,’ खरेलले भने ।

सुरक्षा संयन्त्र लगाएर प्रचार सामाग्री बजारका चोकबाट हटाए पनि राजनीति दलले पुरानो प्रचारप्रसार प्रक्रियालाई निरन्तरता दिइरहेका छन् ।

टोल-टोलमा ठूला-ठूला ब्यानरमा उम्मेदवारका तस्बिर टाँगिएको छ भने घरका भित्ता र सरकारी कार्यालयका गेटमा समेत तस्बिर टाँसिएको भेटिएको छ ।

कतिपय उम्मेदवारले त भारतीय नम्बर प्लेटको गाडीमा खुलेआम झण्डा र प्रचारप्रसार राखेर प्रयोग गरिएको पाइएको छ। निर्वाचन आयुक्त खरेलका अनुसार भारतीय नम्बर प्लेट प्रयोग भएको केही उजुरी आएको छ ।

‘कतिपयलाई सचेत गराएका छौं । र, तुरुन्त त्यस्ता क्रियाकलाप रोक्न चेतावनी पनि दिएका छौ,’ उनले भने ।

निर्वाचन आचारसंहिता २०७९ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि तीन सय वर्ग इन्चसम्मको आकार र ७५ ग्रामसम्मको कागजमा एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ९ वर्ग फिटसम्मको झण्डा र सोही नामको चुनाव चिन्ह राख्न सक्ने स्पष्ट व्यवस्था गरेको छ ।

तर दलहरूले त्यसको बेवास्ता गर्दै निर्वाचन आयोगलाई खुल्ला चुनौती दिएका छन् । खर्च घटाउन तथा निर्वाचनलाई अनुशासित बनाउन आयोगले प्रयास गरे पनि त्यो विफल बनेको छ ।

निर्वाचन आयोगले २५ चैत्रबाट नै आचारसंहिता पालना गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको थियो ।

विहार प्रदेशको नम्बर प्लेट भएका गाडीहरू धमाधम महोत्तरी भित्रिएको जिल्ला राजस्व कार्यालय महोत्तरीले जनाएको छ ।

निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागू गरेपछि पहिलेको तुलनामा बढी गाडी पास लिन आउने गरेको जलेश्वर भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदी बताउँछन् ।

२५ चैतदेखि २२ वैशाखसम्म मात्र ८ हजार बाइक, गाडीले पास लिएको भन्सार कार्यालयको तथ्यांक छ ।

अहिले पनि दैनिक १० भन्दा बढी भारतीय नम्बर प्लेटका गाडी आउने गरेको उनको भनाइ छ । उनीहरूले एक दिन, तीन दिन र हप्ता दिनको पास बनाउने गरेको सुवेदीले बताए ।

प्रचारप्रसारमा प्रतिस्पर्धासमेत बनेको छ । दलका कार्यकर्ताले कसैको झण्डा तथा प्रचार सामग्री देखिहालेमा एकै ठाउँमा थोपरेको भेटिन्छ ।

उता स्थानीयले भने आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । आचारसंहिता बनाउने तर कारबाही गर्ने हिम्मत नगर्दा समस्या बढेको स्थानीयको भनाइ छ ।

‘निर्वाचन आयोगले आचारसंहिता त बनाउँछ । तर, कारबाही नै हुँदैन । अनि आचारसंहिताको के अर्थ रह्यो र ?,’ स्थानीय भास्कर दाहालले भने ।

यसका साथै महोत्तरीमा कर्मचारी नै भोट माग्न निस्किएको पाइएको छ । जिल्लाको मट्टीहानी नगरपालिकामा दलको झण्डा नै बोकेर दुई दर्जन राष्ट्रसेवक कर्मचारी भोट माग्न निस्किएको पाइएको हो ।

राष्ट्रसेवक कर्मचारीहरू झण्डा बोकेर भोट माग्न नपाउने आचारसंहितामा उल्लेख गरिएको छ । तर आचारसंहितालाई बेवास्ता गर्दै कर्मचारीहरू नै भोट माग्न निस्किएपछि सेवाग्राही मार्कामा परेका छन् ।

कर्मचारीहरूले लोसपाको झण्डा बोकेर उक्त पार्टीबाट उम्मेदवार वनेका हरि मण्डललाई भोट मागेको स्थानीयले बताएका छन् ।

भोट माग्दै गरेका कर्मचारीको सामाजिक सञ्जालमा तस्बिरसमेत सार्वजनिक भएको छ । तस्बिरमा वडा नम्बर ८ स्थित स्वास्थ्य शाखाका काम गर्ने दिनेश यादव, वडा सचिव विनोद यादव, कम्प्युटर अपरेटर विशाल कुमार साह, इलेक्ट्रीसियन अमानत रसुल, प्रदीप महरा, सहायक कम्प्युटर अपरेटर प्रदीप महरा, मनोहर कापर रहेका छन् ।

यस्तै वडा नम्बर ७ का वडा सचिव उमेश मण्डल, सन्तोष मण्डलका साथै विभिन्न वडामा काम गर्ने कर्मचारीहरू सन्तोष मण्डल, आशुतोष मण्डल, अजिम कवारी, दिनेश साह, रञ्जन मण्डल, कुन्दन कुमार मण्डल, बिक्की मण्डल, राकेश राणा, प्रमोद मण्डल, सुरेन्द्र यादव, गोविन्द मण्डल, सुमित सहनी, नरेश महतो, बिमलेश साहलगायत कर्मचारी चुनावी प्रचारमा गएका हुन् ।

लोसपाका उम्मेदवार हरि मण्डलले जागिर दिएको र यदि सहयोग नगरेमा जागिरबाट नै हटाइदिने धम्की दिएपछि आफूहरू बाध्य भएर प्रचारमा हिँडेको नाम नभन्ने सर्तमा एक कर्मचारीले भने ।

यस सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालसँग सोध्दा उनले यस्ता आचारसंहिता विपरीत काम गर्ने कर्मचारी तथा उम्मेदवारहरूलाई कस्तो कारबाही गर्ने भन्ने सबन्धमा निर्वाचन आयोगले नै निर्णय लिन सक्ने बताए ।

यता प्रमुख जिल्ला आयुक्त खरेलले भने त्यस्ता कर्मचारी विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको बताउँछन् । न्युज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पूर्वसचिव अर्जुन कार्की पक्राउ
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

ताजा समाचार

सबै

पूर्वसचिव अर्जुन कार्की पक्राउ

एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

चितवन फोटोग्राफी सङ्घको ४६औ स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित विभिन्न कार्यक्रमहरू सम्पन्न ।

कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

चितवनमा एमालेले गरेको जन प्रदर्शन (फोटोफिचर)

नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

आज देशका ७७ जिल्लामा एमालेको सभा सम्पन्न

दोस्रो संस्करणको एनपिएलको तयारी पूरा

आजदेखि हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

गायिका ज्योतिको प्रश्न- गगन र योगेशले नयाँ पार्टी खोल्दा कस्तो होला ?

काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ३.
    हेर्नुस तपाइँको आजको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

  • ६.
    आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech