Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो : आयोग कारबाही गर्नै डराउँछ

विशाल बस्नेत

महोत्तरी, २५ वैशाख

बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन आयुक्त दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे ।

तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेहरूले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्यान्डसहितको समूहले सहर, गाउँमा अशान्त बनाउँदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्न तेर्सिएको छ ।

उम्मेदवारहरूले खुलेआम भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् । आचारसंहिताको न्यूनतम पालनासमेत गरिएको देखिएको छैन ।

उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीति दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थकहरू मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, बालबालिका अध्ययन गर्ने शिक्षालयहरूलाई समेत केन्द्रित गरिएको भेटिन्छ ।

निर्वाचन आयोगले ब्यानर राख्नसमेत मापदण्ड बनाएको छ । तर, ब्यानरको न साइजमा ध्यान दिएको छ नत मापदण्डमा नै । खुलेआम सहर, टोल र वस्तिहरूमा पाटीका कार्यकर्ताले मापदण्डलाई किन खिल्ली उडाइरहेका छन् भन्ने विषय निर्वाचन आयोगका लागि नै पेचिलो बन्दै गएको छ ।

प्रमुख आयुक्त खरेलका अनुसार आचारसंहिता उल्लंघन गरिरहेका दलहरूमाथि निगरानी भइरहेको छ । ‘हामीले झण्डा तथा प्रचार सामाग्री सुरक्षाकर्मी लगाएर हटाइसकेका छौं । फेरि दोहोर्‍याएमा कारबाही प्रक्रिया अगाडी बढाउँछौं,’ खरेलले भने ।

सुरक्षा संयन्त्र लगाएर प्रचार सामाग्री बजारका चोकबाट हटाए पनि राजनीति दलले पुरानो प्रचारप्रसार प्रक्रियालाई निरन्तरता दिइरहेका छन् ।

टोल-टोलमा ठूला-ठूला ब्यानरमा उम्मेदवारका तस्बिर टाँगिएको छ भने घरका भित्ता र सरकारी कार्यालयका गेटमा समेत तस्बिर टाँसिएको भेटिएको छ ।

कतिपय उम्मेदवारले त भारतीय नम्बर प्लेटको गाडीमा खुलेआम झण्डा र प्रचारप्रसार राखेर प्रयोग गरिएको पाइएको छ। निर्वाचन आयुक्त खरेलका अनुसार भारतीय नम्बर प्लेट प्रयोग भएको केही उजुरी आएको छ ।

‘कतिपयलाई सचेत गराएका छौं । र, तुरुन्त त्यस्ता क्रियाकलाप रोक्न चेतावनी पनि दिएका छौ,’ उनले भने ।

निर्वाचन आचारसंहिता २०७९ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि तीन सय वर्ग इन्चसम्मको आकार र ७५ ग्रामसम्मको कागजमा एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ९ वर्ग फिटसम्मको झण्डा र सोही नामको चुनाव चिन्ह राख्न सक्ने स्पष्ट व्यवस्था गरेको छ ।

तर दलहरूले त्यसको बेवास्ता गर्दै निर्वाचन आयोगलाई खुल्ला चुनौती दिएका छन् । खर्च घटाउन तथा निर्वाचनलाई अनुशासित बनाउन आयोगले प्रयास गरे पनि त्यो विफल बनेको छ ।

निर्वाचन आयोगले २५ चैत्रबाट नै आचारसंहिता पालना गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको थियो ।

विहार प्रदेशको नम्बर प्लेट भएका गाडीहरू धमाधम महोत्तरी भित्रिएको जिल्ला राजस्व कार्यालय महोत्तरीले जनाएको छ ।

निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागू गरेपछि पहिलेको तुलनामा बढी गाडी पास लिन आउने गरेको जलेश्वर भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदी बताउँछन् ।

२५ चैतदेखि २२ वैशाखसम्म मात्र ८ हजार बाइक, गाडीले पास लिएको भन्सार कार्यालयको तथ्यांक छ ।

अहिले पनि दैनिक १० भन्दा बढी भारतीय नम्बर प्लेटका गाडी आउने गरेको उनको भनाइ छ । उनीहरूले एक दिन, तीन दिन र हप्ता दिनको पास बनाउने गरेको सुवेदीले बताए ।

प्रचारप्रसारमा प्रतिस्पर्धासमेत बनेको छ । दलका कार्यकर्ताले कसैको झण्डा तथा प्रचार सामग्री देखिहालेमा एकै ठाउँमा थोपरेको भेटिन्छ ।

उता स्थानीयले भने आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । आचारसंहिता बनाउने तर कारबाही गर्ने हिम्मत नगर्दा समस्या बढेको स्थानीयको भनाइ छ ।

‘निर्वाचन आयोगले आचारसंहिता त बनाउँछ । तर, कारबाही नै हुँदैन । अनि आचारसंहिताको के अर्थ रह्यो र ?,’ स्थानीय भास्कर दाहालले भने ।

यसका साथै महोत्तरीमा कर्मचारी नै भोट माग्न निस्किएको पाइएको छ । जिल्लाको मट्टीहानी नगरपालिकामा दलको झण्डा नै बोकेर दुई दर्जन राष्ट्रसेवक कर्मचारी भोट माग्न निस्किएको पाइएको हो ।

राष्ट्रसेवक कर्मचारीहरू झण्डा बोकेर भोट माग्न नपाउने आचारसंहितामा उल्लेख गरिएको छ । तर आचारसंहितालाई बेवास्ता गर्दै कर्मचारीहरू नै भोट माग्न निस्किएपछि सेवाग्राही मार्कामा परेका छन् ।

कर्मचारीहरूले लोसपाको झण्डा बोकेर उक्त पार्टीबाट उम्मेदवार वनेका हरि मण्डललाई भोट मागेको स्थानीयले बताएका छन् ।

भोट माग्दै गरेका कर्मचारीको सामाजिक सञ्जालमा तस्बिरसमेत सार्वजनिक भएको छ । तस्बिरमा वडा नम्बर ८ स्थित स्वास्थ्य शाखाका काम गर्ने दिनेश यादव, वडा सचिव विनोद यादव, कम्प्युटर अपरेटर विशाल कुमार साह, इलेक्ट्रीसियन अमानत रसुल, प्रदीप महरा, सहायक कम्प्युटर अपरेटर प्रदीप महरा, मनोहर कापर रहेका छन् ।

यस्तै वडा नम्बर ७ का वडा सचिव उमेश मण्डल, सन्तोष मण्डलका साथै विभिन्न वडामा काम गर्ने कर्मचारीहरू सन्तोष मण्डल, आशुतोष मण्डल, अजिम कवारी, दिनेश साह, रञ्जन मण्डल, कुन्दन कुमार मण्डल, बिक्की मण्डल, राकेश राणा, प्रमोद मण्डल, सुरेन्द्र यादव, गोविन्द मण्डल, सुमित सहनी, नरेश महतो, बिमलेश साहलगायत कर्मचारी चुनावी प्रचारमा गएका हुन् ।

लोसपाका उम्मेदवार हरि मण्डलले जागिर दिएको र यदि सहयोग नगरेमा जागिरबाट नै हटाइदिने धम्की दिएपछि आफूहरू बाध्य भएर प्रचारमा हिँडेको नाम नभन्ने सर्तमा एक कर्मचारीले भने ।

यस सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालसँग सोध्दा उनले यस्ता आचारसंहिता विपरीत काम गर्ने कर्मचारी तथा उम्मेदवारहरूलाई कस्तो कारबाही गर्ने भन्ने सबन्धमा निर्वाचन आयोगले नै निर्णय लिन सक्ने बताए ।

यता प्रमुख जिल्ला आयुक्त खरेलले भने त्यस्ता कर्मचारी विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको बताउँछन् । न्युज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.