नवलपरासी, २६ कात्तिक
नवलपुरकाे बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट आउदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप देवचुली नगरपालिका वडा नं ९ गाेरेघुम्तीमा दुर्घटना भएकाे छ ।
जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार माझडाँडा बोलिङटारबाट कावासेती आउँदै गरेको आइतबार बिहान साढे ११ बजे जीप तीव्र गतिका कारण दुर्घटना हो ।
घटनाको थप विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ।