काठमाडाैं कात्तिक २२,
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । गएराति अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दोहोरो शतकीय पारी खेले । उनले २०१ रन बनाए । १२८ बलकाे सामना गरेका म्याक्सवेलले १० छक्का र २१ चाैका प्रहार गरे ।
अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले दुई/दुई विकेट लिए ।
त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो ।
अफगानिस्तानका इब्राइम जद्रानले १२३ रन बनाए ।
जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अब चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ ।
पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।