काठमाडौं, २५ वैशाख
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ पुगेका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् ।
‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउनु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवारले जानकारी दिएका छन् ।
स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा प्रधानमन्त्री देउवा चुनावी सभामा व्यस्त भएका छन् ।-न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार