चितवन, १७ कात्तिक
अभ्यासका क्रममा घाइते भएपछि विश्वकप छनोटका खेलहरू गुमाएका दीपेन्द्र सिंह ऐरी मैदानमा अभ्यास गर्दै गरेको देखिएका छन् ।
विश्वकप छनोटका लागि निर्णायक आजको खेलमा दीपेन्द्र फर्किने/नफर्किने पक्का भइसकेको छैन ।
नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जित्ने टीम विश्वकपमा छानिने छ ।