काठमाडौं, १४ कात्तिक
ओपनर सयेद अजिजको अर्धशतकप्रेरित मलेसियाले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।
आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।
समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।