काठमाडाैं कात्तिक १३,
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । यस्तै यो घटनामा अन्य २५ जना घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार विशाखापट्टनम–पालासा पेसेन्जर ट्रेन र विशाखापट्टनम रायगढा पेसेजर ट्रेनको पछिल्लो भाग आपसमा ठोक्किन पुगेको हो ।
यसैबीच आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिएका छन् ।
घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन निर्देशन दिइएको छ ।
यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न पनि भनिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार