जनकपुरधाम, २५ वैशाख-
नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि फोक्सोकाे क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।
शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयघात भएर उनको निधन भएको कार्कीले बताइन् ।
०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
शेषको पार्थिक शरिरलाई आइतवार दिउँसा इस्लामिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिनेछ । -न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार