मकवानपुर, कात्तिक ९
मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
घटनामा मकवानपुर गढी-७, सुकौराकी २३ वषर्ीया मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी-७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वषर्ीया दिलमाया योञ्जन हिरामाया योञ्जनर विकाश योञ्जन मुक्तान घाइते छन् ।