जनकपुर, ८ कात्तिक
जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेकी छन् ।
सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार साँझ ८ बजे जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद गरेको छ ।