भरतपुर, २४ वैशाख –
नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदै छ ।
नारायणगढको क्याम्पाचौरमा आज दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै सभालाई एमाले उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ , सुरेन्द्र पाण्डे लगायतका एमाले केन्द्रीय नेताहरु र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले सम्बोधन गर्नेछन् ।
सभामा भरतपुर महानगरका २९ वटै वडाबाट कार्यकर्ता उपस्थित हुने एमाले चितवनले जनाएको छ ।