दशैं भन्ने वित्तिकै माछा मासु अलि बढिनै प्रयोग गरिन्छ । त्यसमा पनि खसिको मासुलाई विशेष तरिकाले हेरिन्छ । खसिको मासु अघिपछि जे जस्तो तरिकाले बनाएर खाए पनि दशैंमा भने इच्छा अनुसार खाने गरिन्छ । र, त्यसै अनुसार बनाइन्छ पनि ।
मासु बनाउने आआफ्नै तैरतरिका पनि छन् । मांसाहारीका लागि मासु अनिवार्य हुन्छ । खसी, बोका, राँगा, कुखुरा आदि जे को मासु भए पनि राम्रोसँग पकाएर खानुपर्छ । पाक्नेगरी पकाउनै पर्छ । अन्यथा त्यसले असर गर्न सक्छ । यहाँ खसीको मासु कसरी पकाउने भनेर हामीले केही टिप्स दिएका छांै । तपाईंले यही टिप्स अनुसार नै खसीको मासु पकाएर खान सक्नुहुनेछ ।
सरसमानहरु :
१) बेसारको धुलो
२) डाईस काटेको खसीको मासु
३) मसिनो गरी काटेको प्याज
४) मसिनो गरी काटेको गोलभेँडा
५) लसुनको पेस्ट
६) अदुवाको पेस्ट
७) जिराको धुलो
८) धनियाँको धुलो
९) खुर्सानीको धुलो
१०) गोलभेँडाको पिउरी
११) नुन स्वादअनुसार
१२) तेल (आवश्यकताअनुसार)
१३) मसिनो गरी काटेको धनियाँ
१४) बटर १५) क्रिम
१६) गरम मसला
बनाउने तरिका :
१) खसीको मासुलाई हड्डीसँगै वा हड्डी निकालेर काट्ने ।
२) एउटा भाँडोमा तेल राखेर सिंगै सबै मिसाएको गरम मसला राखेर तेलमा पकाउने
३) मसिनो गरी काटेको प्याजलाई त्यसै तेलमा राखेर हल्का खैरो रंगको हुने गरी पकाउने
४) मासुलाई त्यसैमा राखेर पकाउने
५) जिराको धुलो, धनियाँको धुलो, खुर्सानीको धुलो, गरम मसलाको धुलो,लसुन र अदुवाको पेस्ट, नुन समेत राखेर केही समय पकाउने
७) पाकिसकेपछि बटर क्रिम राखेर केहीबेर थप पकाउने
८) गार्नेसका लागि मसिनोगरी काटेको धनियाँ, काटेको अदुवा, क्रिम राख्ने, अब खसीको मासुको मसलेदार तरकारी तयार हुन्छ । -एजेन्सी






