काठमाडौँ ,५ कात्तिक
आइतबार बिहान ७ः३९ बजे धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्पले धादिङका ठाउँठाउँमा पहिरो गएको छ।
गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालका अनुसार खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको थियो।
उनले माटाका ढिस्काहरू भत्कनेबाहेक घरहरूमा पर्न गएको क्षतिको विवरण प्राप्त नगरेको जानाकारी दिएका छन् ।