काठमाडाैं, कात्तिक ४
प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका ४ जना नेपालीको शव आइतवार नेपाल ल्याइने भएको छ।
परराष्ट्रमन्त्रीको सचिवालयले आइतवार बिहान ९ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा शवहरू आइपुग्ने जनाएको छ ।
साथै, शवहरू आइतवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको छ ।
हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो । अन्य शवहरुको पचिचान भईरहेको छ।