काठमाडाैं, कात्तिक १
नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा १ बजे शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
त्रिकोणात्मक टी–२० आई श्रृंखलाअन्तर्गत नेपालले यूएई र हङकङसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
टी–२० विश्वकप अघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा र बाँकी खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार