चितवन, असोज २५ –
भरतपुरमा भोलि ‘सेन्ट्रल कलेज मसँग रोजगार मेला (जब फेयर) २०२३ हुने भएको छ ।
जब फेयर भरतपुरको गार्डेन रिसोर्टमा हुन लागेको हो । मसँग जबका प्रमुख पवन थापाका अनुसार कामदार र रोजगारदातालाई प्रत्यक्ष जोड्ने माध्यमका रुपमा जब फेयर कार्यक्रम गर्न लागिएको हो ।
फेयरमा विद्यार्थी तथा उचित कामको खोजीमा रहेका सम्पूर्ण व्यक्तिहरुको सहभागि हुन सक्ने उनले बताए । फेयरमा २० वटा कम्पनीका स्टलहरु रहने छन् । कामदारलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । जब फेयरमा रोजगार दाता र काम गर्न चाहनेबीच प्रत्यक्ष भेट हुनेछ ।
उक्त जब फेयरको प्रमुख टाइटल स्पोन्सरका रुपमा रहेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) ले चितवन तथा नेपालका जुन कुनै स्थानमा काम खोज्ने व्यक्तिहरुलाई एकै ठाउँमा ल्याउने र सीप अनुसार रोजगारी दिनका लागि यस फेयरले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।