चितवन, असोज २४ –
भरतपुर महानगरपालिका १६ को ब्रहमपुरस्थित सुन्दर चोक नजिकै नवजात शिशुलाई फालेको भेटिएको छ ।
प्रहरीका अनुसार आज बिहान ९ः३० बजेको समयमा स्थानीय नेकराज पण्डितको खाली जग्गामा सेतो प्लाष्टिकको झोलामा शिशु पोका पारेर फालिएको भेटिएको हो । उक्त शिशु छोरा भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।