Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, ओलीको मात्र विरोध

काठमाडौं, २३ वैशाख –
‘गठबन्धनभन्दा प्रतिगमन बलियो छ । प्रतिगमन एक्लै छैन नेपालमा’ शुक्रबार पाँच दलिय सत्ता गठबन्धनले काठमाडौंमा स्थानीय तह निर्वाचनमा मत माग्ने उदेश्यका साथ आयोजना गरेको सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएको अभिव्यक्ति हो यो ।

केसीको यो भनाइले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले पाँच दलीय गठबन्धन भन्दा सारै कमजोर छैन भन्ने कुराको संकेत गरेको छ । सत्ता गठबन्धनमा रहेको नेताहरु केही दिन यता महानगर केन्द्रीत सभामा व्यस्त बनेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायत गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्ने सभामा व्यस्त रहेका छन् ।

वर्तमान प्रधानमन्त्रीसहित तीन पूर्व प्रधानमन्त्री रहेको पाँच दलीय गठबन्धनले काठमाडौं सहितमा ६ महानगरमा वैशाख ३० गतेको लागि चुनावी तालमेल गरेका छन् र संयुक्त रुपमा मत माग्नका लागि सभा आयोजना गरिरहेका छन् ।

कमजोर उपस्थिति ?

पाँच मुख्य राजनीतिक शक्ति एकातिर भए पनि चुनावी सभाहरुमा जनमानसको उपस्थिति भने कमजोर देखिएको भन्दै सामाजिक सञ्जालहरुमा टिप्पणी भइरहेको पाइन्छ । देशभरमध्ये नै सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा बिहीबार गठबन्धनले सभाको आयोजना गरेको थियो । गठबन्धनको शक्ति प्रदर्शनको आँकलन गरिएको उक्त सभामा मानिसहरुको कमजोर उपस्थिति देखिएको भन्दै अवस्था गठबन्धनले सोचे जस्तो सहज नरहेको टिप्पणी भएको थियो ।

बिहीबारको कार्यक्रममा नै मेयरकी उम्मेदवारसमेत रहेको प्रचण्ड पुत्री रेणु दाहालले सभामा मानिसहरुको केही कम उपस्थितिलाई लिएर चिन्तित हुनु नपर्ने बारम्बार भनेकी थिइन् भने कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठले सभामा कम उपस्थितले कांग्रेसको मत गठबन्धन भन्दा यता उति हुने गरि बुझ्न नहुने बताएका थिए ।

पाँचै दलका शीर्ष नेता सहभागी कार्यक्रममा भएको कमजोर उपस्थितिले चितवन एमाले भने हौसिएको छ। कांग्रेस नेता कार्यकर्ताको चाहान विपरित गठबन्धन भएकाले बागी उम्मेदवारी पर्दा गठबन्धन यसै पनि समस्यामा रहेको छ ।

शुक्रबार काठमाडौंमा पनि सत्ता गठबन्धनले कार्यक्रमको आयोजना गरेको थियो । महानगरका उम्मेदवारसहित शीर्ष नेताहरुले सम्बोधन गरेको कार्यक्रमलाई सामान्य रुपमा नै आयोजना गरिएको थियो ।

पाँच दलका शीर्ष नेता सहभागी सभामा उपस्थित कम भएको चर्चा चलिरहँदा एमाले अध्यक्ष ओली पनि जिल्ला दौडामा छन् र संख्यात्मक रुपमा गठबन्धन भन्दा धेरै मानिस भेला गरेर उनी गठबन्धनविरुद्ध ‘आगो उकेलिरहेका’ छन्।

आजै पनि ओलीले स्वार्थमा लिप्त बनेको गठबन्धन सरकारले देशलाई बर्बाद पारेको आरोप लगाए ।‘सरकार कसरी गठबन्धन जोगाउने भन्नेमा लागिपरेको छ,’ उनले भने, ‘दस महिना हामीले हेर्‍यौं । अर्थतन्त्र डमाडोल पारे । योभन्दा बर्बाद के हुन सक्छ ?’ उनले भनेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पुगेर ओलीले नेपालमाथि तल्लो स्तरमा झरेर भाषण गरेका छन् । उनले नेपाललाई कुहिएको फर्सी भनिदिए ।

हुन त नेता नेपालले पनि बिहीबार चितवन पुगेर एमाले फर्सी कुहिएको जस्तै कुहिइसकेको बताएका थिए ।

कमजोर चुनाव एजेन्डा, व्यक्तिगत कुण्ठा पोख्दै नेता स्थानीय तहमा दल तथा उम्मेदवारले गर्ने काम र भावी योजनाबारे मतदातालाई जानकारी दिन गरिएका चुनावी सभामा यस्ता विषयले कमै स्थान पाउने गरेको छ । संघीय वा प्रदेश निर्वाचनको झल्को दिने गरि सभाहरु आयोजना भइरहेका छन् ।

उक्त स्थानीय तहमा उम्मेदवारले गर्ने काम भन्दा बढी राष्ट्रिय मुद्दा र नेताहरुको व्यक्तिगत कुण्ठामा मात्र दलहरु बढी केन्द्रित भएका छन् । जनजीविकाका सवालमा भन्दा राजनीतिक दलहरु एक अर्कालाई खुइलाउन मात्र बढी केन्द्रीत भएका देख्न सकिन्छन् ।

गठबन्धनका दलहरुले एमाले अध्यक्ष ओली र उनी नेतृत्वको गठबन्धनको चर्को बिरोध गरिरहँदा ओली भने गठबन्धन र विशेष गरि प्रचण्ड तथा माधव नेपालविरुद्ध विष वमन गरिरहेका छन् । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

ताजा समाचार

सबै

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech