काठमाडाैं असोज २३
युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूलाई सुरक्षित स्थानमा लगिदिन आग्रह गरेका छन् ।
गएराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले आफूहरूलाई नेपाल लैजान नसिकए अन्य देशमा लगिदिन आग्रह गरेका हुन् । ‘हामीलाई नेपाल लैजान सकिँदैन भन्ने अन्य देशमा लगियोस् कमसेकम सुरक्षित त हुने छौं,’ उनले लेखेका छन् ।
उनले हाल आफूहरूलाई इजिप्टको सिमानामा राखिएको भन्दै त्यहाँ पनि सुरक्षित नरहेको बताएका छन् ।
गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।