काठमाडौँ, २० असोज
इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परी घाइते भएका एक नेपालीको कारुणिक भिडियोले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।
ति नेपाली युवकले आफ्नो मृत्यु भएमा आमाको औषधोपचार गरिदिन भनेर आग्रह गरेका छन् ।
उनले अँध्यारो कोठाबाट नौ सेकेन्डको भिडियो बनाएर सन्देश प्रवाह गरेको देखिन्छ । उक्त भिडियोमा उनले भनेका छन्, ‘म इजरायलमा मरें भने मेरो घरमा आमाको औषधि गर्दिनू है दाइ तपाईंले ।’
घाइते अवस्थामा रहेका ति युवक सुदूरपश्चिमबाट इजरायल पढ्न गएका विद्यार्थी हुन् ।