चितवन, असोज २०-
अनेरास्ववियु चितवनले इजरायलमा हमास विद्रोहीको हमलाबाट पिडामा परेका नेपालीको उद्दार गर्न सरकारसग आग्रह गरेको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मेन्सन गरि चितवन जिल्ला अध्यक्ष हरि आचार्यले सामाजिक संजाल मार्फत नेपाली , विद्यार्थीहरू कठिन परिस्थितिमा रहेको जनाउँदै यस विषयमा नेपाल सरकार चिर निन्द्रामा रहेकोले राजनीतिक दल, नागरिक समाज, प्रभावशाली व्यक्तित्वहरूलाई समेत आग्रह गरेका छन ।
सामाजिक संजालमा उनले लेखेका छन् ूइजरायलमा हमास विद्रोहीको हमलाबाट चितवन लगायत देशका विभिन्न जिल्लाबाट इजरायल गएका नेपाली, विद्यार्थीहरु कठिन परिस्थितीमा रहेका छन् । उक्त हमलाबाट नेपाली समुदाय लाई सुरक्षित स्थानमा सार्न तथा विद्रोहीको कब्जामा भएका नेपालीको सुरक्षित उद्वार र घाइतेहरूको तत्काल उपचारकोलागि पहल गरिदिनु हुन मस्त चिर निन्द्रमा रहेको नेपाल सरकार, नागरिक समाज, राजनैतिक दल एवम् प्रभावशाली व्यक्तित्वहरुमा हार्दिक अनुरोध गर्दछौ ।ू
यस विषयमा इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” जनाएको छ ।