काठमाडौं, २३ वैशाख-
नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा ‘तरुण परिचालन समिति गठन गरेको छ ।
कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेहहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरेको हो ।
तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समिति परिचालन हुनेछ ।
तरुणले प्रदेश १ मा प्रभाकर थापा ‘संजय’, मधेसमा लोकेस सिंह, बागमतीमा कृष्णजी खड्का, गण्डकीमा मनोज गुरुङ, लुम्बिनीमा शक्तिसिंह ठकुरी र सुदूरपश्चिममा विष्णु ऐडीको संयोजकत्वमा समिति गठन गरिएको हो ।- न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार