चितवन, १३ असोज
चितवनमा असोज १५ र १६ गते फुटसल प्रतियोगिता हुने भएको छ। चितवन एक्स आई क्लब र सहिद स्मृती प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अन्तरस्कुल फुटसल प्रतियोगिता गर्ने भएको हो ।
आयोजकले आज पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो । प्रतियोगिता क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा हुनेछ। खेल ७/७ मिनेटको हुनेछ ।
सो प्रतियोगितामा चितवनसहित मकवानपुर र नवलपुर जिल्लाका स्कुलहरुले टिम दर्ता गराएको आयोजकले जनाएको छ। खेलमा ४० वटा टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा सहभागी शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । फुटसल प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँसहित मेडल, ट्रफी, प्रमाणपत्र र द्वितीय हुनेले २० हजारसहित मेडल, ट्रफी, प्रमाणपत्र पुरस्कार पाउनेछन् ।