काठमाडौँ, १३ असोज
नेकपा (एमाले) वाग्मती प्रदेशको सचिवमा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी एक मतान्तरमा विजयी भएका हुन् ।
सिलवालले ५६८ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।