भरतपुर, बैशाख २२ –
भरतपुर महानगरपालिकामा हुने स्थानीय तहको निर्वाचनमा मतको सुरक्षाको लागि ७२५ जना भुपू सैनिक तथा भुपू प्रहरी खटिने भएका छन् । नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले भरतपुरमा निर्वाचन र मतको सुरक्षाका लागि सुसंगठित दस्ता खटाउने निर्णय गरेको संगठनका महासचिव ध्रुवराज लम्सालले जानकारी दिए ।
जनमत आफ्नो पक्षमा नआउँदा मतपत्र च्यात्ने र मतपेटिका साट्ने दुस्प्रयास दोहोरीन नदिन संगठन सचेत रहेको महासचिव लम्सालले बताए । ‘हामी हरेक वुथ र वडामा २५ जनाका दरले सुसंगठित दस्ता परिचालन गर्नेछौं । मतपत्र च्यात्ने र मतपेटिका साट्ने सपना कसैले नदेखे हुन्छ’, उनले भने । निश्पक्ष र धाधलीरहित निर्वाचन सम्पन्न गर्न आफुहरुको भुमिका रहने लम्सालले बताए ।
चितवन जिल्लासहित देशभर संगठनको ईकाई रहेको र हरेक जिल्लामा भुतपूर्व सैनिक प्रहरी व्यापक परिचालनको तयारी रहेको उनले जानकारी दिए ।