चितवन, वैशाख २२ –
चितवनमा पाँच दलीय गठबन्धनको चुनावी विशाल सभा जारी छ । भरतपुरको केन्द्रीय बस टर्मिनल परिसरमा जारी विशाल आम सभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्षस्थ नेताहरुको उपस्थति रहेको छ । नेताहरुले भाषण गरिरहेका छन् । आमसभामा देखिएको दृश्य तस्बिरमा हेर्नुहोस् ।