रत्ननगर ,२२ वैशाख-
नेकपा (एकिकृत समाजवादी) रत्ननगर वडा नम्बर ३ को वडा कमिटी एमालेमा समाहित भएको छ । वडा कमिटी अध्यक्ष अशोक भुषालको नेतृत्वमा वडा कमिटी नै एमालेमा समाहित भएको हो ।
भुषालसहित वडा कमिटीका सदस्यहरुलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गरेका हुन् । नेकपा एमालेमै फर्किनेमा सुबास भुषाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, इश्वर लामा, लाल बहादुर तामाङसहित कांग्रेसका नवराज श्रेष्ठ एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।