चितवन, असोज १
रूपन्देहीको चाउमिन चितवन ल्याएर सस्तोमा बेचेपछि चितवनका व्यावसायीले गरे आक्रमण गरेका छन् ।
रूपन्देहीस्थित टेन स्टार फुड्सको चाउमिन विक्री गर्दै हिँडेका कर्मचारीमाथि भरतपुरका चाउमिन व्यावसायीहरुले कुटपिट गरेका हुन् ।
भरतपुर–४ संविधान चोकनजिक कुटपिट गरिएको हो । घटनाबाट बँच्न चाउमिन उद्योगका कर्मचारी विष्णु लामिछानेले आफै खिचेको भिडियो समेत सार्वजनिक भएको छ । उनीमाथि केही महिलाले लगातार आक्रमण गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
कुटपिट गर्नेहरुविरुद्ध आइतबार साँझ जिल्ला प्रहरी कार्यालय चितवनमा लामिछानले उजुरी दिएका छन् ।
चितवनकै केही चाउमिन उद्योगीको नेतृत्वमा करिब १० जनाको समूहले आफूसहित दुई जनामाथि आक्रमण गरेको लामिछानेले बताए । गाडीमा चाउमिन विक्री गर्दै हिँड्ने क्रममा गाडी रोकेर आफूहरुमाथि आक्रमण भएको उनी बताउँछन् ।
बुटवलबाट आएर सर्वसुलभ मूल्यमा चाउमिन विक्री गरेपछि अत्तालिएका यहाँका उद्योगीहरुले आफूहरुमाथि सांघातिक आक्रमण गरेको लामिछानेलेको भनाइ छ ।